राजनीति

घरपझोङ गाउँपालिकामा कांग्रेस उम्मेदवार दुई मतान्तरले विजयी


काठमाडौँ — मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका मोहनसिंह लालचन दुई मतान्तरले विजयी हुनुभएको हो । उहाँले ७६० मत ल्याउनुभयो।

एमाले उम्मेदवार सञ्जयकुमार थकालीले ७५८ मत ल्याउनुभएको छ । यहाँ कांग्रेस र माओवादीबीच तालमेल भएको हो ।