देश

रुपन्देहीको शुद्धोधन गाउँपालिकामा जसपाको अग्रता


काठमाडौँ — रुपन्देहीको शुद्धोधन गाउँपालिकामा शुक्रबार रातिदेखि मतगणना सुरु भएको छ । अहिलेसम्म भएको ७ सय मतगणनामा जनता समाजवादी पार्टीले अग्रता लिएको छ । निर्वाचन अधिकृत शोभाखर खरेलका अनुसार जसपाबाट अध्यक्षका उम्मेदवार भरथरी यादवले २ सय ८ मत प्राप्त गरेका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का उम्मेदवार पेष्पेराज थारुले २ सय ६ मत पाएका छन् ।

शुद्धोधन गाउँपालिकाको अध्यक्षका लागि नेकपा ९एमाले०का उम्मेदवार किशुन चन्द्र चौधरीले ८०, मत प्राप्त गरेका छन् । गाउँपालिकाको उपाध्यक्षमा पनि जसपाले अग्रता लिएको छ । निर्वाचन अधिकृत खरेलका अनुसार जसपाबाट उपाध्यक्षकी उम्मेदवार सुनकेशरी थारुले २ सय १४ मत प्राप्त गरेकी छन् । एमालेकी शान्तादेवी ज्ञवालीले ७६ र माओवादी केन्द्रकी सारदा भुसालले ३२ प्राप्त गरेकी छन् । मतगणना जारी छ ।