देश

नुवाकोटको म्यागङ गाँउपालिकामा कांग्रेसको प्यानल नै विजयी


काठमाडौँ — नुवाकोटको म्यागङ गाँउपालिका वडा नं १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा अन्तर्गत सो वडा को वडाध्यक्ष पदमा जिमाबहादुर तामाङ ९४ मत ल्याएर विजयी भएको हुन् । नवनिर्वाचित तामाङको निकटतम् प्रतिस्पर्धी नेकपा ९माओवादी केन्द्र० का अनिलकुमार घलेले ६९ मत प्राप्त गरेका छन् ।

वडाध्यक्षसहित महिला सदस्य, दलित महिला सदस्य र दुई खुला सदस्य गरेर वडाको पाँच जना पदाधिकारी नै कांग्रेसका उम्मेद्वार विजयी भएका छन् । उक्त वडाबाट गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवारलाई ९३, माओवादीका उम्मेदवारलाई ६९, नेकपा ९एमाले०का उम्मेद्वारलाई ३७ मत प्राप्त भएको थियो । अहिले सोही गाउँपालिकाको वडा नं २ को मतगणना जारी छ ।