Breaking

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी


काठमाडौँ — मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका छोम्पेल विष्ट ६८९ मतका साथ विजयी भएका हुन् ।

यस्तै गठबन्धनका उम्मेदवार देववहादुर गुरुङ १८५ मतका साथ पराजित भए । यस्तै उपाध्यक्षमा पनि एमालेकै छिरिङ ल्हो गुरुङ विजयी हुँदा गठबन्धनका उम्मेदवार लक्ष्मी गुरुङ पराजित भइन् ।