Breaking

बुटवल उपमहानगरपालिकामा कांग्रेसको अग्रता, राप्रपा दोस्रोमा


काठमाडौँ — बुटवल उपमहानगरपालिकाको प्रारम्भीक मतगणनामा नेपाली कांग्रेसले सुरूआती अग्रता लिएको छ। वडा नम्बर १ को २ सय मत गणना हुँदा गठबन्धनका साझा उम्मेद्वार नेपाली काङ्ग्रेसका खेलराज पाण्डेले ७३ मतसहित अग्रता लिएका हुन् ।

दोस्रो स्थानमा राप्रपाका मृगेन्द्र शेरचन ४५ मतसहित पछ्याइरहेका छन् । यहाँ नेकपा एमालेका बाबुराम भट्टराईले ३३ मत पाएका छन् । वडा नम्बर १ मा १ हजार ९ सय ७४ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।