Breaking

रूपन्देहीमा कांग्रेसको सुरूआती अग्रता


काठमाडौँ — रूपन्देहीको देवदहमा नेपाली कांग्रेसले सुरूआती अग्रता लिएको छ । गठबन्धनका संयुक्त उम्मेदवार नेपाली कांग्रेसका हिरा केसीले ६८ मत पाएका छन् । वडा १ मा २०० मत गणना गर्दा नेकपा एमालेका ध्रुव खरेलले ५६ मतसहित पछ्याइरहेका छन् ।

उपप्रमुखमा भने नेकपा एमालेकी विद्यालक्ष्मी गुरुङले अग्रता लिएकी छन्। गुरूङले ५८ मत ल्याउदा गठबन्धनबाट माओवादी केन्द्रकी सुन्दरी गिरीले ५० मत प्राप्त गरेकी छन् । अग्रता लिएका केसी र गुरूङ यसअघिका पनि देवदहका निर्वाचित मेयर उपमेयर हुन् ।