Breaking

उपत्यकाका उत्साहित मतदाता,अपेक्षा मनोरेल होइन फोहोर व्यवस्थापन र सुरक्षित सडक


पाँच वर्षपछि भएको निर्वाचनमा आम मतदाताको सहभागीता उत्साहजनक, हाम्रोलाइ भन्दा राम्रोलाई मत दिएको दाबी, जितेका उम्मेद्वारले स्थानीय स्तरको मुहार फेरुन भन्ने मतदाताको अपेक्षा । आज स्थानीय तहको निर्वाचन, पहिलो पटक देशैभर एकैसाथ जारी निर्वाचनमा केहि स्थानमा बाहेक सहज ढंगले मतदान सम्पन्न भएको छ । अन्य समयमा राजनीतिप्रति जति नै वितृष्णा भए पनि चुनावताका मतदाताको उत्साहले भने निर्वाचनको माहोल थप महत्वपूर्ण बनाएको छ ।

स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रवार मतदान कार्य सम्पन्न भएको छ । ७ सय ५३ वटा स्थानीय तहको नेतृत्व चयनका लागी मुलुकभरका १० हजार ७ सय ५६ वटा मतदान स्थलको २१ हजार ९ सय ५५ मतदान केन्द्रमा विहान ७ बजेबाट नै मतदान सुरु भएको थियो । यीमध्ये केहि स्थानमा विवाद र झडपका कारण मतदान स्थागित भए पनि उपत्यकासँगै सबै स्थानमा मतदान सहज ढंगले सम्पन्न भएको छ । ५ वर्षपछि भएको निर्वाचनमा आम मतदाताहरुको सहभागीता साँच्चिकै उत्साह जनक थियो । आफ्नो मताधिकारको प्रयोग गर्न सर्वसाधरण उत्साहित थिए ।

स्थानीय तह निर्वाचनमा के वृद्ध, के अशतm, के विरामी सबै आफ्नो परिवारको सदस्यको सहयोग लिएरै भए पनि मतदान केन्द्रमा पुगेका थिए । आफ्नो मताधिकारको प्रयोग गर्न यी मतदातालाई न त रोगले छेक्यो, न त बुढ्यौलीले नै छेक्यो । कोहि ह्वीलचियरमा, कोहि वैशाखीको साहरामा कोहि आफ्ना आफन्तको साहारामा मतदान केन्द्रसम्म पुगेका थिए । मतदानपछि उनीहरुको एउटै अपेक्षा छ बस जितेका उम्मेदवारले राम्रो काम गरोस् ।

यता पहिलो पटक मतदानमा सहभागी भएकोहरु हाम्रोलाई भन्दापनि राम्रोलाई मतदान गरेको र आफुले देशका लागि केहि गरेकामा खुशी छन । लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष नै निर्वाचन हो । नेपालमा ५ वर्षपछि भएको स्थानीय तह निर्वाचनमा जनताले आफ्नो मत मात्र व्यतm गर्दैन राजनीतिक दलको वैधतालाई समेत अनुमोदन गर्नेछ ।

जनताको मतबाट अनुमोदित नेतृत्वसँग आम मतदाताले ठुलो अपेक्षा भन्दा पनि सामान्य विषयमा राज्यको अविभावकत्व चाहेका छन । यसैका लागि यति आशा र उत्साहका साथ मतदान गरेका छन । यसतर्फ जिम्मेवार प्रतिनिधिहरुको दृष्टि पर्न जरुरी छ ।