देश

१०७ वर्षीया वृद्धाले गरिन् मतदान


काठमाडौँ — स्थानीय तह निर्वाचनमा सिन्धुलीको कमलामाई नगरपालिकामा १०७ वर्षीया वृद्धाले मतदान गरेकी छन् । सोही नगरपालिकाको वडा नम्बर १० स्थित सिर्जन प्राथमिक विद्यालय केन्द्रबाट १०७ वर्षकी कुमारी सुनुवारनीले मतदान गरेकी हुन् ।

उनको जन्म १९७२ कार्तिक १७ गते भएको हो । उनलाई मतदान गर्न प्रमुख मतदान अधिकृत दुर्गाप्रसाद घिमिरेले सहजीकरण गरेका थिए । उनी मतदान गर्न घरबाट हिँडेरै मतदान केन्द्रमा आएकी थिइन् ।