काठमाडौँ — जिल्लाको ठोरी, जिराभवानी र नगरनाथपुर गाउँपालिकामा वर्षाका कारण निर्वाचन झण्डै आधा घण्टादेखि रोकिएको निर्वाचन अधिकृत रञ्जिता झाले जानकारी दिइन् ।
उनका अनुसार भारी वर्षा भएपछि ५, ६ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । पानी पर्न रोकिए लगत्तै ती स्थानमा मतदान सुरू हुने उनले जानकारी दिइन् । निर्वाचन आयोगको रिपोर्टिङ अनुसार जिल्लामा ४७।५ प्रतिशत मतदान सम्पन्न भएको उनले बताइन् ।


प्रतिक्रिया