काठमाडौँ — सर्लाहीको बलरा नगरपालिकामा एक जना मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वडा नम्बर ३ स्थित गाविस भवन मतदान केन्द्रका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मत दुरूपयोग गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको सर्लाहीका एसपी प्रवीण पोखरेलले सेतोपाटीलाई जानकारी दिए ।
साहले मतदातालाई चुनाव चिन्ह नै देखाएर मतदान गर्न सिकाएपछि उनलाई नियन्त्रणमा लिईएको हो । हाल त्यहाँ मतदान स्थगित गरिएको छ । मतदान सुचारू गराउने प्रयास भईरहेको एसपी पोखरेलले जानकारी दिए ।


प्रतिक्रिया