देश

सत्यमोहन जोशीले मतदान नगर्ने


काठमाडौँ संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ औँ जन्मदिन शुक्रबार परिवारिक रुपमा मात्र मनाइने भएको छ । स्थानीय तहको निर्वाचनको दिन परेको र सवारी साधन आवतजावतमा समस्या भएकाले आफ्नो पारिवारका सीमित सदस्यबीच जन्मदिन मनाउन लागिएको जोशीका माइला छोरा हेमन्तले जानकारी दिए ।

जोशीले स्थानीय तह निर्वाचनमा मतदान नगर्ने उनले बताए । केही दिनदेखि श्वासप्रश्वासमा समस्या आएपछि जोशीलाई समय समयमा अक्सिजन दिनुपरेकाले पनि मतदानका लागि जान कठिन भएको छोरा हेमन्तले जानकारी दिए । जोशी अरुको सहारामा पनि मतदान केन्द्रसम्म जान सक्ने अवस्था नभएको उनले बताए ।