Breaking

एमाले र गठबन्धन कार्यकर्ताबीच झडप


काठमाडौँ — बझाङमा एमाले र गठबन्धन कार्यकर्ताबीच झडप भएको छ । जयपृथ्वी नगरपालिका(७ मा रहेको मतदानस्थलमा सुनिपिपल चौर माविमा झडप भएको हो । मतपेटिका फुटाएपछि नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ ।

तनावग्रस्त अवस्था भएपछि नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड हवाई फायरिङ गरेको छ । यसैगरी जिल्लाको केदारस्युँ(४ जगन्नाथ मावि ुखु केन्द्रमा पनि झडप भएको छ । मतदाताबीच झडप हुँदा मतदान रोकिएको छ ।