Breaking

परीणाम एमालेको पक्षमा आउने ओलीको दाबी


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा ५ दलले भन्दा धेरै स्थान एमालेले जित्ने दाबी गरेका छन् । आज शुक्रबार भक्तपुरको बालकोटमा मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले परीणाम एमालेको पक्षमा आउने दाबी गरे । नेपाली कांग्रेसले समेत एक्लै लड्न नसकेर गठबन्धन गरेको भन्दै उनले अघि भने, ‘५ दलभन्दा धेरै बढी एमाले एक्लैले ल्याउँछ ।’ ओलीले, ९ वैशाखसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव सार्न प्रयास गरेको आरोप पनि लगाएका छन् । तर आफूले अस्वीकार गरेको भन्दै उनले भने, ‘उहाँले ९ गते मलाई स्थगित गरेर पर सारौं भनेर प्रस्ताव गर्नु भएको थियो । अनि धाक लगाउने कुरै भएन ।’