Breaking

निर्धक्क भई मतदान गर्न राष्ट्रपति भण्डारीको आह्वान


काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले निर्धक्क भई मतदान गर्न आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव भएको बताउँदै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा हरेक नागरिकले आफ्नो मताधिकार प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

समाज र राष्ट्रका विकासका मुद्दाहरूलाई जनताको घरदैलोसम्म पु¥याउने विशेष अवसरका रूपमा निर्वाचनलाई ग्रहण गर्नुपर्ने उहाँले बताउनुभएको छ । लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष नै जनताले निर्वाचित गरेका प्रतिनिधिबाट मुलुकको शासन सञ्चालन हुनु भएको राष्ट्रपति भण्डारीले बताउनुभएको छ ।