Breaking

उपत्यकाका नदीनाला डम्पिङ साइडमा परिणत, अबौं बजेट बालुवामा पानी


काठमाडौँ —उपत्यका हुँदै बग्ने नदीनाला सरफाई र संरक्षणको बहस धेरै पुरानो हो । वर्षेनी राज्यले कराडौ लगानी खर्चिरहेका छन । तर धार्मिक तथा ऐतिहासिक महत्व बोकेका नदीनाला सफा हुनुको सट्टा डम्पिङ साइडमा परिणत भईरहेको छ । उपत्यका हुँदै वग्ने बागमती, धोबीखोला, रुद्रमती, विष्णुमती, गुहेश्वरी, लगायत साना–ठुला सबै नदीनाला काठमाडौँको मानव सभ्यातासंगै जोडिएका छन् । धार्मिक, पौराणिक र ऐतिहासिक महत्व बोकेका यी नदी छेउछाऊ रोपेका बोटविरुवा र संरचनाले केहि सुन्दर बनाएकै छ ।

तर नदिको सडक छेउ जति राम्रो देखिन्छ नदीभित्र प्लास्टिक, बोरा, फोहोरको थुप्रो र सडेगलेका बस्तुले भरिभराउ छ । नाक नछोपी नदीनालाको वरपर हिँड्न सक्ने अवस्था छैन । यहि नदिनालाको सफाईको लागि अर्वाै रुपैयाँ पैसाको खोला बगि सक्यो तर यी खोलामा भएको बालुवा, ढुङगा र यत्रतत्र फोहोरका डङगुर हेर्दा त्यो बजेटको राशी बालुवामा पानी जस्तै भएको छ । विश्वका धेरै मुलुकले सहरको बीच भागबाट बग्ने नदीको संरक्षण मात्र गरेको छैन, आकर्षक शहरका कारण नदी हेर्न र तिनमा सयर गर्नकै लागि लाखौंको संख्यामा पर्यटक पुग्ने समेत तानीरहेका छन ।

तर,सांस्कृतिक शहर उपत्यकामा ठिक उल्टो छ । नदी वरफर बसोबास गर्ने स्थानीयका अनुसार समय समयमा नदी सफा गर्न पनि पुग्छन । विगत भन्दा केहि सफा नभएको होइन तर खोलाको अवस्थामा कहिल्यै सुधार आएन । सरकारले वर्षौदेखि नदी सफाई अभियान चलाएकै छ । समय समयमा खोला सफा भईरहेकै छ । दिर्घकालिन योजनाहरु नै तय गर्दैछन । यहाँ भएका बलुवा ढुङगाहरुलाई सम्माउने योजना पनि अगाडि बढाएका छन ।

तर सफाई अभियान जति नै चलाए पनि मान्छेको चेतकै कारण यी नदीनाला सफा हुन नसकेको बताउँछन अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धव प्रसाद तिमल्सेना । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति केही दशक अघिसम्म सङ्लो पानी बग्ने उपत्यकाका यी नदीनाला अहिले मलमूत्र बग्ने ओपन ढल मात्र बनेको छैन । सुख्खायाममा यो नदीको पानी निक्कै सानो छ तर जब बर्षा हुन्छ तब यो नदीसडक पेटी हुँदै मानिसको घरसम्म पस्दछ ।