Breaking

श्रीलंका रणभूमि बन्दै, जनप्रतिनिधिका घर यसरी जलाईयो


काठमाडौँ — चरम आर्थिक संकट तथा अत्यावश्यक वस्तुको अभावको सामना गरिरहेको श्रीलंकामा राष्ट्रपति गोताबाया राजपाक्षेले नयाँ प्रधानमन्त्री नियुक्तिको तयारी थालेका छन् । तर, राष्ट्रपतिकै राजिनामा माग गरेर आन्दोलन गरिरहेका सर्वसाधारणले भने कफ्युका बाबजुत आन्दोलन तिब्र बनाएका छन् । जसले श्रीलङ्का रणभूमि बनेको छ । विरोध प्रदर्शन गरिरहेका प्रदर्शनकारीलाई राष्ट्रपतिले देख्ने बित्तिकै गोली हान्न आदेश दिए पछि श्रीलङ्काको आर्थिक सँगै राजनीतिक अबस्था झनै नाजुक हुदै गएको छ ।

गम्भिर आर्थिक संकट जनप्रतिनिधिकै कारण निम्तीएको भन्दै जनता हिंसात्मक आन्दोलनमा उत्तरीएपछि राष्ट्रपति गोटाबाया राजापाक्षेले सेनालाई सम्पुर्ण सुरक्षाको जिम्मा दिएका छन् । जसका कारण श्रीलङ्का रणभूमि बनेको छ । बढ्दो मुद्रास्फ्रीतिका कारण भएको प्रदर्शनका कारण महिन्दा राजापाक्षेले सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । श्रीलङ्का नागरिकहरूले खाद्यान्न, पेट्रोल र डिजेल जस्ता आधारभूत वस्तुहरूको चरम अभाव र उच्च मूल्य वृद्धिको सामना गरिरहेका छन् ।

राष्ट्रव्यापी कफ्र्यूको बावजुद लगातार प्रदर्शनकारीले आगजनी र हमला गरीरहेका छन् । मुख्य रुपमा सत्ताधारी पार्टीका नेताहरुको सम्पती नागरिकको निशानामा परेको छ । सोमबारदेखि सुरु भएको हिंसामा कम्तीमा नौ जनाको ज्यान गएको छ भने करिब २०० जना घाइते भएका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गर्दै आएका प्रदर्शनकारीहरूमाथि सरकार समर्थकहरूले आक्रमण गरेपछि हिंसात्मक झडप निरन्तर चलिरहेको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट बेलआउट प्याकेज प्राप्त गर्ने प्रयासका बीच श्रीलङ्कामा राजनीतिक संकट पनि उत्पन्न भएको छ । श्रीलङ्काको ८१ अर्ब डलरको अर्थतन्त्र अहिले कंगाल हुने स्थितिमा छ । कोरोना महामारीका कारण श्रीलङ्काको पर्यटन क्षेत्र निकै प्रभावित भएको छ र यसको आम्दानी पनि तीव्र गतिमा घटेको छ । जसका कारण मुलुकको विदेशी मुद्रा सञ्चिति पनि घटेको छ । तर, सन् २०१९ मा जनतालाई रिझाउन कर कटौती र २०२१ मा रासायनिक मलमा लगाइएको प्रतिबन्धका कारण समस्या गम्भीर बन्दै गएको विज्ञहरूले बताउदै आएका छन् ।