Breaking

भरतपुरमा मतगणना स्थलमा फलामको बार र अनिवार्य सीसी क्यामरा


काठमाडौँ — भोलि शुक्रवार हुने चितवनको भरतपुर महानगरपालिकाको मतगणना स्थलमा फलामको बार र तरजाली लगाइएको छ । गएको पालिका चुनावमा मतपत्र च्यातिएको घटनाका कारण यस पटक भरतपुरको मतगणना स्थलको सुरक्षामा विशेष ध्यान दिइएको छ । भरतपुरलाई राजनीतिक दलहरूले प्रतिष्ठाको विषय नै बनाएका छन् । २०७४ मा मतगणनाका क्रममा मतपत्र च्यातिएको विषय अझै पनि चर्चामा छ । विगतमा मतगणना स्थलमै भएका भनिएका अनियमितता तथा बेथिति सुधार्न यस पटक गणना स्थलमा विशेष व्यवस्था मिलाइएको निर्वाचन आयोगले बताएको छ ।

unn.prixa.net

आयोगले मतगणना स्थलमा अनिवार्य सीसी क्यामराको व्यवस्था गर्न निर्देशन पनि दिएको छ । यसपालि भरतपुर महानगरपालिकाको मतगणना चितवन उद्योग सङ्घको औद्योगिक प्रदर्शनी केन्द्रमा हुनेछ । प्रदर्शनी केन्द्रको सी ब्लकमा मतगणनाका लागि व्यवस्थापन गर्ने काम धमाधम भइरहेको छ । दलका प्रतिनिधिले मतपत्र च्यात्न नपाऊन् भनेर मतगणना स्थलमा फलामको बार हालिएको छ । दलका प्रतिनिधि बस्ने ठाउँ छुट्टयाएर फलामको बार लगाइएको हो ।