Breaking

आचारसंहिताको ख्यालै नगरी भरतपुरमा प्रचण्डको दौडधुप


काठमाडौँ — मौन अवधिमा कुनै पनि माध्यमबाट भोट माग्न नपाउने भनिए पनि पार्टीका केन्द्रीय नेतानै मतदातालाई प्रभावमा पार्नेगरि दौडधुप गरिरहेका छन् । भरतपुरको निर्वाचनलाई लक्षित गरेर उनीहरूले आचारसंहिताको ख्यालै नगरी मतदातासँग भोट मागिरहेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु बुधबारबाटै चितवनमा छन्। स्थलमार्गहुँदै भरतपुर आइपुगेका उनले बुधवार भरतपुर महानगरपालिकाको मेयर पदका उम्मेद्वार रेनु दाहालको निवासमा बसेर कार्यकर्तालाई भेटेका थिए । स्थानीयबासीकाअनुसार प्रचण्डले राति अबेरसम्म छोरी रेनुको निवासमा बसेर कार्यकर्ता भेटेका थिए । उनी त्यहाँ रहँदा नजिकको सडकमा पार्किङ गरिएका गाडीको लाम लागेको थियो ।

त्यसअघि उनले भरतपुरको एक होटलमा भेला राखेर गठबन्धनका उम्मेदवारलाई जिताउने गरि लाग्न निर्देशन दिएका थिए । उक्त भेलामा कांग्रेसका नेता शंकर भण्डारी पनि सहभागी थिए । प्रचण्डले बिहीबार पश्चिम चितवन र माडीका विभिन्न ठाउँमा पुगेर मतदाता भेटेका छन् । बिहानै माडी पुगेका उनले त्यहाँको एक होटलमा बसेर गठबन्धनका नेता, उम्मेदवार, मतदातालाई भेटेका थिए । माडीमा पनि गठबन्धनबाट माओवादी केन्द्रले मेयर पाएको छ । त्यहाँ माओवादी भित्र प्रचण्ड समूह र नारायणकाजी श्रेष्ठको समूहका बीचमै भित्री द्वन्द्व छ । माडी नारायणकाजी श्रेष्ठ समूहको परम्परागत प्रभाव भएको क्षेत्र हो । उनी त्यसैलाई व्यवस्थापन गर्न माडी पुगेको अनुमान गरिएको छ । त्यसपछि उनी पश्चिम चितवनका विभिन्न गाउँमा पुगेका थिए ।