काठमाडौँ — अभिभवकले नै ११ वर्षीय बालकलाई २ वर्षसम्म २२ कुकुरसँग थुनेको छ । भारतको पुणेको कोंढवा क्षेत्रमा एउटा अचम्मको घटना बाहिर आएको छ । त्यहाँ गएको दुई वर्षदेखि अभिभावकले नै आफ्नो ११ वर्षीय छोरालाई २२ कुकुरसित थुनेका थिए । उनका आमाबाबु प्रायः उनलाई भेट्न भने आउँथे । छिमेकीको उजुरीमा प्रहरीले उक्त फ्ल्याटमा छापा मारेर बालकलाई मुक्त गरेको थियो । प्रहरीले बुधबार राति आरोपी अभिभावकलाई पक्राउ गरेको छ ।
पुणे पुलिसका वरिष्ठ प्रहरी निरीक्षक सरदार पाटिलले सञ्जय लोधिया र शीतल लोधियालाई गलत तरिकाले बालकलाई घरमा थुनेको आरोपमा पक्राउ गरेको बताए । दुवै कोंढवाको कृष्णाई भवनमा बस्छन् । उनीहरुले आफ्नो घरमा २२ वटा कुकुर पालेका थिए । तीमध्ये अधिकांश सडकबाट ल्याइएका थिए । पाटिलले आरोपी दम्पती घरमा खाना खुवाउनको लागि केही बेर आउनेर केही समय त्यहीँ बसेर फर्किने गरेको बताए ।
कृष्णाई भवनका केही बासिन्दाले घरको झ्यालमा उभिएर बालकले अनौठो काम गरेको देखेपछि चाइल्ड लाइनकी अनुराधा सहस्रबुद्धेलाई फोन गरेर जानकारी गराए । बालक सामान्यतया बालकनी वा झ्यालमा बस्थे । दिनभर कुकुर भुकेको आवाज सुनिन्थ्यो । विगत एक सातादेखि घरमा दुर्गन्ध आइरहेको थियो, त्यसपछि छिमेकीहरूले चिन्तित हुँदै प्रहरीसामु गुनासो गरे ।
एउटा बेडरूम भएको घरमा २२ कुकुरहरूसँग थियो बालक
उजुरीपछि प्रहरीले चाइल्ड लाइनको सहयोगमा कृष्णाई भवनको फ्ल्याटमा छापा मारेर बालकको उद्धार गरेको छ । पछि उनलाई बाल कल्याण केन्द्र मार्फत बाल सुधार गृहमा पठाइएको छ । साथै आमा र बाबुविरुद्ध बाल न्याय ऐनको धारा २३ र २८ अन्तर्गत मुद्दा दर्ता गरिएको छ । घटनाको सबैभन्दा पीडादायी पक्ष के हो भने बालकलाई २२ कुकुरसहित एक बेडरूमको घरमा बस्न बाध्य पारिएको थियो ।
बच्चाले कुकुर जस्तै काम गर्न थाल्यो
आरोपित दम्पतीलाई कुकुर पाल्ने मनपर्ने अनुसन्धानबाट खुलेको छ । उनीहरु प्राय कुकुरहरू घरमा ल्याउँथे । कुकुरसँग बस्दा बच्चामा यस्तै लक्षणहरू देखा पर्यो । छिमेकीहरूले प्रहरीलाई बच्चाले झ्यालमा बसेर कुकुरले जस्तै व्यवहार गर्ने गरेको बताए । कोरोनाका कारण दुई वर्षदेखि विद्यालय बन्द छन् । विद्यालय सुरु भएपछि बच्चाले विद्यालयका अन्य बालबालिकालाई पनि कुकुरले जसरी टोकेका थिए । यी दाबीहरूको पुष्टि गर्न प्रहरी बिहीबार विद्यालयमा गएर यस विषयमा अनुसन्धान गर्ने प्रहरीको भनाइ छ ।
बच्चा अत्यन्तै खराब अवस्थामा थियो
यस सम्बन्धमा चाइल्ड लाइन संयोजक अपर्णा मोडकले घरबाट बच्चा फेला पर्दा घरको अवस्था निकै नाजुक रहेको बताइन् । पुरै घर फोहोर थियो । कुकुरहरू घरको ओछ्यान माथि र तल सुतेका थिए। यी सबै भुस्याहा कुकुर हुन् । एजेन्सी


प्रतिक्रिया