देश

कांग्रेस वडाध्यक्ष उमेदवारमाथि खुकुरी प्रहार


काठमाडौँ — रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ३ का वडाध्यक्षका उमेदवार रमेश सुनुवारमाथि गएराती खुकुरी प्रहार भएको छ । नेपाली कांग्रेसको तर्फबाट उमेदवार बनेका सुनुवारलाई कुँबुकास्थलीमा नेकपा एमाले र राप्रपाका कार्यकर्ताहरुले सुनुवारलाई खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट सुनुवार गम्भीर घाइते भएका नेपाली कांग्रेसको तर्फबाट उमाकुण्ड गाउँपालिका अध्यक्षका उमेदवार जीतबहादुर काटुवालले जानकारी दिए ।

मौन अवधिमा सुनुवार बसिरहेको ठाउँ पछाडिबाट आएर झुक्याएर खुकुरी प्रहार गरेको पनि कटुवालले जानकारी दिए । गम्भीर घाइते सुनुवारलाई उपचारका लागि वडा नं २ बाम्तीको बाम्ति अस्पतालमा लगिएको छ । पबित्र सुनुवारको नेतृत्वमा आएका केही अराजक समूहले सुनुवारमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । आक्रमणकारीको नेतृत्व गर्ने सुनुवारसहित केही कार्यकर्ता प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान गर्न प्रहरी टोली घटनास्थल पठाइसकेको प्रहरीले जनाएको छ ।