Breaking

धर्मेन्द्रलाई तत्काल रिहा गर्न नेकपा बहुमतको माग


काठमाडौँ — नेकपा बहुमतका संयोजक धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई तत्काल रिहा नगरे देशव्यापी संघर्ष गर्ने सो पार्टीले चेतावनी दिएको छ । नेकपा बहुमत नवौं महाधिवेशन आयोजक समितिका तर्फबाट हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले बिहीबार विज्ञप्ति जारी गर्दै संयोजक कञ्चनलाई दाङ जिल्लाको भालुबाङबाट आज बिहान चार बजे नियन्त्रणमा लिएको जनाएका छन् । उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै तत्काल रिहाइ नगरे देशव्यापी संघर्ष गर्ने र त्यसको जिम्मेवार सरकार नै हुनुपर्ने नेकपा बहुमतले जनाएको छ ।

सो पार्टीले संसदीय व्यवस्थाको भण्डाफोर गर्दै वैज्ञानिक समाजवादको बाटोमा अघि बढ्ने र स्थानीय निर्वाचन सन्दर्भमा पार्टीले चुनावमा भाग नलिने तथा देशभक्त र जनपक्षीय उम्मेदवारलाई सहयोग गर्न सकिने नीति लिएको छ । नेकपा बहुमतले बुटवल घटनाको जिम्मा नेपाल कम्युनिस्ट पार्टी ९माओवादी० ले लिइसकेको सार्वजनिक भएको भन्दै आफ्नो पार्टीले कुनै पनि विस्फोटन जन्य र सशस्त्र बहिष्कार गर्ने नीति नलिएको स्पष्ट गरेको छ । त्यसकारण राज्यसत्तासँग नेकपा बहुमतका संयोजक कञ्चनको शीघ्र रिहाइका लागि माग गर्दछौँ । उहाँलाई तुरुन्त रिहा गरिएन भने देशव्यापी रूपमा