देश

खानेतेलको मूल्य २८ प्रतिशतसम्म बढ्यो


काठमाडौँ — चालू आर्थिक वर्षको ९ महिने अवधिमा सबै उपभोग्य वस्तुको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनदेखि चैतसम्मको अधिकांश उपभोग्य वस्तुको मूल्य उच्चदरमा बढेको हो । यस अवधिमा नेपालको समग्र मुद्रास्फीति महँगी ७।२८ प्रतिशत छ । जुन, गत आर्थिक वर्षको सोही अवधिमा ३।१० प्रतिशतमा सिमित थियो । केन्द्रीय बैंकका अनुसार यो वर्ष सबैजसो खाद्य वस्तुको मूल्य उकालो लागेको छ भने खानेतेल, दाल, गेडागुडी, अण्डा, मासु, पेयपदार्थ लगायतको मूल्य समेत बढिरहेको छ ।

यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७।४० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७।१८ प्रतिशत छ । यस्तै, गत आर्थिक वर्ष २०७७÷७८ को चैत मसान्तको तुलनामा घ्यू तथा तेलको मूल्यवृद्धि २८।३६ प्रतिशतसम्म छ । यसैगरी, दुग्ध पदार्थ तथा अण्डाको मूल्य ११।५६ प्रतिशत बढेको छ भने दाल तथा गेडागुडीको मूल्य १०।५३ प्रतिशतले बढेको छ । यसका साथै, सुर्तीजन्य पदार्थको मूल्य ८।९१ प्रतिशतले बढेको केन्द्रीय बैंकले जानकारी दिएको छ