काठमाडौँ : काठमाडौँको मुलपानी स्थित सशस्त्र प्रहरी बलबाट अवकाश प्राप्त सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दीपक थापाको घरमा वैशाख २१ मा चोरी भयो । स्थानीय चुनावको सरगर्मी बढेको बेला घरमा कोही नभएको मौका छोपेर पूर्व एसएसपी थापाको घरबाट १६ तोला सुन र ६० हजार रुपैयाँ नगद चोरिएको छ ।
कागेश्वरी मनहरा–६ मुलपानी स्थित घरमा कोही नभएको मौका छोपेर मूलढोकाको ताला फुटाएर चोरी गरिएको प्रहरीले बताएको छ । थापाले सो घर बिक्रीका लागी विज्ञापन राखेका थिए । घर किन्ने बहाना गरेर गएकाहरूले सुन चोरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । सो चोरीबारे अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एसपी कृष्ण कोइरालाले बताए ।
प्रतिक्रिया