Breaking

एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप, ४ प्रहरीसहित ६ जना घाइते


२८ वैशाख, सुर्खेत । नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा सुर्खेतमा चार प्रहरीसहित ६ जना घाइते भएका छन् । सिम्ता गाउँपालिका–६ ऋषि डाँडामा दुई पार्टीका कार्यकर्ताबीच गएराति झड्प भएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीका अनुसार नेकपा एमालेका दुई जना कार्यकर्तासहित चार प्रहरी घाइते भएका छन् ।

झडपमा एमाले समर्थक मानिने ३६ वर्षीय सुनिल विक र २४ वर्षीय इन्द्र विक घाइते भएका हुन् । उनीहरुको अहिले नेपालगञ्जमा उपचार भइरहेको घर्तीले बताए । ‘प्रहरीले सम्झाई बुझाई गर्दा कांग्रेसका कार्यकर्ता व्याक भए । तर एमाले कार्यकर्ताले उल्टो प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरे । जसका कारण चार प्रहरी सामान्य घाइते भएका छन् ।