देश

काँग्रेस र एमालेका कार्यकर्ताबीच झडप, ४ जना घाइते


काठमाडौँ — स्याङ्जामा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ । मंगलबार साँझ झडप हुँदा ४ जना घाइते भएका छन् । स्याङ्जाको हरिनाश गाउँपालिका र आँधिखोला गाउँपालिकामा दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रविन्द्र खनालले जानकारी दिए ।

हरिनाशको चिसापानीमा भएको झडपमा परेर काँग्रेस निकट ३० वर्षीय पूर्णबहादुर घर्ती र अमृत थापा घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पोखरा लगिएको छ । आँधिखोलाको सेतीदोभानमा भएको झडपमा दुईजना घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ ।