देश

एमालेका उम्मेदवारमाथि आक्रमण


काठमाडौँ — दार्चुलाको दुहु गाउँपालिकामा एमालेका उम्मेदवारमाथि आक्रमण भएको छ । नेकपा एमालेबाट दुहु गाउँपालिका–५ मा वडाध्यक्षको चुनाव लडेका मानसिंह बडालमाथि आक्रमण भएको दार्चुलाका डिएसपी प्रतीक विष्टले बताए ।

बडाललाई उपचारका लागी धनगढीमा पठाइएको छ । उनको अनुहारमा चोट लागेको छ । मंगलबार साँझ सत्ता गठबन्धनका कार्यकर्ताका ७–८ जनाले उनलाई आक्रमण गरेका थिए । आक्रमणमा संलग्नहरुबारे अनुसन्धान भइरहेको डिएसपी विष्टले बताए