काठमाडौँ — निर्वाचनका लागि मतदान गर्न काठमाडौंबाट घर फर्किने क्रम बढेको छ । कोटेश्वर र बालाजुको माछापोखरी क्षेत्रमा घर फर्किनेहरुको भीड बढेको छ । लाग्छ दसैं आएको जस्तो देखिन्न थालेको छ । ती क्षेत्रमा मानिसहरुको ठूलो भीड बढेपछि केहीबेर ट्राफिक जामको अवस्था छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विगत केही दिनदेखि नै काठमाडौं उपत्यकाबाट जिल्ला फर्किनेहरूको संख्या बढेको छ ।
तर आजबाट कतिपय विद्यालयहरु पनि बन्द भएकाले विद्यार्थी र उनीहरूका अभिभावकहरू जिल्ला फर्किने क्रम ह्वात्तै बढेको छ । कतिपयले गाडी रिजर्भ गरेर मानिसहरू गाउँसम्म ओसारिरहेका छन् । ‘कोटेश्वर, जडिबुटी क्षेत्र र माछापोखरी क्षेत्रको सडक केही साँघुरो भएको र घर फर्किन चाहनेहरूको भीड सडकमै आइदिनाले ट्राफिक व्यवस्थापनमा सामान्य समस्या देखिएको छ,’ ट्राफिक प्रहरी कार्यालयका एक अधिकारीले जानकारी दिए ।


प्रतिक्रिया