Breaking

मथ्थर भएको कोरोना निर्वाचनकै बेला फैलने चिन्ता, यसरी हुँदैछ सुरक्षाको व्यवस्था


काठमाडौँ निर्वाचन आउन अव केहि दिन मात्रै बाँकी छ । चुनावमा मथ्थर भएको कोरोना संक्रमण दर फैलिने भय पनि छ । जसलाई मध्यनजर गर्दै सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ । सरकारले स्थानीय तहको निार्वचनमा आम नागरिकहरुको भुमिका महत्वपूर्ण हुने भएकाले भयरहीत रुपमा मतदान गर्न आग्रह गरेको छ ।

आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि सरकारी स्तरबाट विभिन्न श्रोत, साधनहरु परिचालित भइसकेको र स्वयं मतदाताहरुको भुमिका पनि महत्वपूर्ण हुने भएकोले संयमित भएर मतदान गर्न आग्रह गरेको हो । सरकारले एकीकृत सुरक्षा योजना अन्तर्गत सरकारले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई निर्वाचनमा केन्द्रित गरेर सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिइसकेको जनाएको छ ।

पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढीरहेकोले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन पनि सरकारले आग्रह गरेको छ । विदेशबाट स्थानीय तहको निर्वाचका लागि मतदान गर्न आउने नागरिकहरुले पनि स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरेर थप जोखिम हुनबाट बचाउन सरकारको अनुरोध छ । सरकारले कोरोनाको जोखिम कम गर्न सीमा नाकाहरुमा स्वास्थ्य मन्त्रालय र प्रदेश सरकारसँगको समन्वयमा हेल्थ डेस्कहरु राखेको जनाएको छ ।

त्यस्तै स्वास्थ्य मन्त्रालयले पनि स्थानीय निर्वाचनमा भीड बढ्ने भएकाले स्वास्थ्य सावधानी अपनाएर निर्वाचनमा सहभागी हुन अपिल गरेको छ । भारतमा कोरोना संक्रमण बढेको भन्दै नेपाल आउने नागरिकहरु र नेपालमा रहेर चुनावी प्रचारप्रसार तथा मतदान गर्न आह्वान गरेको छ । स्वास्थ्य मन्त्रालयले विदेशबाट आउने नागरिकहरुले ७ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न, मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र सम्पूर्ण जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न नागरिकलाई आग्रह गरेको छ ।

पछिल्लो समय कोरोना संक्रमण पुष्टि हुने संख्या कम देखिएपनि संक्रमण फैलिन सक्ने जोखिम बढीरहेको छ । त्यसैले निर्वाचनबाट कोरोनाको संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गरेर सबै नागरिकहरु यसप्रति सजग भइ संवेदनशील व्यवहार गरी स्वास्थ्य प्रोटोकलको पालना गर्न हाम्रो पनि आग्रह छ ।