Breaking

विपक्षीले अबको ३ दिन पछि झड्का खान्छन्: अध्यक्ष ओली


काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनले केन्द्रीय र प्रादेशीक सरकार हेरफेर नगर्ने भएपनि देशलाई कता लैजाने भन्ने फैसला गर्ने बताएका छन् । आज (मंगलबार) एमालेले काठमाडौंमा गरेको अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालको राजनीतिमा अवरुद्ध स्थितिलाई तोडेर फेरि अगाडि बढाउन स्थानीय निर्वाचनले दिशा निर्देश गर्ने बताए ।

उनले आफ्नो नेतृत्व सरकारले धरहरा बनाएकोमा विपक्षीले खिल्ली उडाएको भन्दै ट्वीनटावर र आइफील टावर हेरेर पनि नबुझेको बताए । उनले विपक्षीहरुमा ऐतिहासिक महत्वको संरक्षणमा रुची नभएको मात्र नभई वैरभाव छ भन्ने उनीहरुका बोलीचालीबाट प्रस्ट भएको बताए । ओलीले विपक्षीले विदेश गएर पाउरोटीमा जाम लाएर खानबाहेक केही नजानेको भन्दै आधुनिकता र विकासबारे के सिके रु भनेर प्रश्न गरे ।

कार्यक्रममा ओलीले आफ्नो नेतृत्वको सरकारले गरेका विकास निर्माणका कामको चर्चा गर्दै काँग्रेस र अरु पार्टीले के गर्यौ र गर्छौ भन्ने कुरा नरहेको बताए । ‘उनीहरु जम्मा जम्मी एमालेको विरोध गर्छन्’, ओलीको भनाइ छ । ओलीले राम्रा कामका लागि भन्दा पनि नराम्रा कामका लागि एकजुट भएको भन्दै केपी ओलीले संसद विघटन । उनले कहिलेसम्म रोक्छौं जनताका बीचमा जान भनेर प्रश्न गरे । ‘पहिलो झड्का यही ३० गते खान्छन् यिनीहरुले ।