काठमाडौँ — बुटवलमा सुन पसल चोरी गरेर फरार रहेका तीनजना भारतीय नागरिक पक्राउ परेका छन् । वैशाख १३ गते राति बुटवल उपमहानगरपालिका ६ स्थित बीपी चोकमा रहेको गुल्मेली मजुवा सुनचाँदी पसलमा गरगहना चोरी गरेर तीनजनालाई आज जिल्ला प्रहरी कार्यालय भैरहवाले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रवीन्द्र रेग्मीका अनुसार पक्राउ पर्नेमा भारत जौहरी मोहल्ला चौक उत्तर प्रदेश बस्ने वर्ष ३६ का मोहसिन अब्दुल्ला खान, भारत साई एन्क्लेव गोमती बिहार कोलोनी लखनउ उत्तर प्रदेश बस्ने वर्ष २५ का मोहद जीशान खान र भारत तकिया पेपर मिल कालोनी सी ब्लक २ निशातगँज महानगर लखनउ उत्तर प्रदेश बस्ने वर्ष २२ का मोहम्मद सारीक रहेका छन् । बुटवल ६ स्थित बीपी चोकस्थित दिलबहादुर सुनारले संचालन गरेको गुल्मेली मजुवा सुनचाँदी पसलबाट साढे चार करोड भन्दा बढी मूल्यको सुन र गहना चोरी भएको थियो ।
देश


प्रतिक्रिया