देश

एमाले प्रवेश गरेका पूण्य गौतमले, मञ्चमै ढोगे ओलीको खुट्टा


काठमाडौँ — युट्युब मार्फत चर्चामा आउने पुन्य गौतम नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पुण्य गौतम नेकपा एमालेमा प्रवेश गरेका छन् । ओलीले गौतमलाई एमालेको झण्डा प्रदान गरे भने गौतमले ओलीको खुट्टा ढोगेका छन् ।

एमाले प्रवेश गरेपछि गौतमले उक्त चुनावी सभामा सम्बोधन पनि गरेका छन् । त्यस क्रममा उनले अहिलेको दुनियाँमा ओलीको स्थान भ्लादिमिर पुटिन र सि जिनपिङको जस्तै भएको बताए । उनले ओली राजनेता भएको पनि बताए ।