Breaking

कसैलाई मेरो अभिव्यक्ति र लेखाइले चोट पुगेको भए माफी चाहन्छु: केशव स्थापित


काठमाडौँ — नेकपा एमालेबाट काठमाडौं महानगरको मेयर उम्मेदवार केशव स्थापितले आफ्नो अभिव्यक्तिले कसैलाई चोट पुगेको भए माफी दिन आग्रह गरेका छन् । राजधानीमा मंगलबार आयोजित अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै स्थापितले आफ्नो अभिव्यक्ति, लेखाइ, हाउभाउ र व्यवहारबाट कसैलाई चोट पुगेको भए माफी चाहेको बताएका छन् ।

‘मेरो अभिव्यक्तिले कसैलाई चोट पुगेको सुनेँ । कसैलाई मेरो अभिव्यक्ति र लेखाइले चोट पुगेको भए माफी चाहन्छु,’ स्थापितले भने, ‘मेरो हाउभाउले कसैलाई पीडा भएको छ भने माफ पाउँ। हाम्रो संस्कारमा क्षमा माग्न पाइन्छ। केही महिलालाई यो मान्छे कठोर छ कि जस्तो लागेको भए म फूल जस्तो मान्छे हुँ, सेवा गर्न पाउँ ।