देश

काठमाडौंलाई कान्तिपुरी नगरी बनाउँछु डंगोल


काठमाडौँ — काठमाडौं महानगरको नेकपा एमालेबाट उपमेयरकी उम्मेदवारी सुनिता डंगोलले काठमाडौंलाई मौलिक सहरको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएकी छन् । काठमाडौंमा मंगलबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले विश्वको कुनै सहर जस्तो होइन काठमाडौंलाई कान्तिपुरी नगरीको रुपमा विकास गर्ने बताइन् ।

‘काठमाडौंलाई कतिले विश्वका कुनै सहरजस्तो बनाउँछु भने,’ उनले भनिन्, ‘तर, काठमाडौंलाई कुनै विश्वको सहरजस्तो होइन काठमाडौं जस्तै, कान्तिपुर नगरी सहर बनाउँछु ।’ काठमाडौंको शिक्षा, स्वास्थ्य क्षेत्रमा विकास गर्ने भन्दै उनले देशको विकासकै लागि नै एमाले सरकारको आवश्यक रहेको बताइन् । उनले विकास र समृद्धिको सपना पूरा गर्न एमालेलाई जिताउनुपर्ने बताइन् ।