Breaking

भरतपुर महागनरपालिकामा झोला झोलामा पैसा र साडी बाड्यो : जगन्नाथ पौडेल


काठमाडौँ — चितवनको भरतपुर महागनरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले सत्ता गठबन्धनले मतदाता प्रभावित गर्न झोला झोलामा पैसा र साडी बाँडेको आरोप लगाएका छन् । आज मंगलबार भरतपुरको मालपोत चोकमा भएको कोणसभालाई सम्बोधन गर्दै मेयर उम्मेदवार पौडेलले सत्ता गठबन्धनले झोलाझोलामा पाँच हजार, दश हजार रुपैयाँ र साडी बाँडेको सूचना आफूलाई आएको बताए । उनले त्यसको अगुवाइ कांग्रेसले गरिहेको बताए ।

उनले चुनाव प्रभावित गर्न अनेकखालका प्रयास थालिएको भन्दै त्यसलाई रोक्नुपर्ने बताए । उनले कांग्रेस जोगाउनका लागि विद्रोह गरेको बताए । धेरै कांग्रेसका नेता कार्यकर्ता मलाई भेट्न आउनुहुन्छ’, नेता पौडेलले भने, ‘मैले चुनाव हारे पनि जिते पनि यो सन्देश देशभरि जान जरुरी छ, अनि बल्ल कांग्रेस बच्छ ।’ पौडेलले चितवन जिल्ला सभापति राजेश्वर खनालप्रति आक्रोश पोखे । जिल्ला सभापति खनालले कांग्रेसका नेता कार्यकर्तालाई फोन गरेर माओवादीलाई भोट दिन भनेको, नदिए कारवाही गर्छु भनेर धम्की दिएको पौडेलले बताए ।