देश

चुनावी प्रचारको अन्तिम दिन आज नेताहरुको दौडधुप



काठमाडौँ — आज मंगलबार चुनावी प्रचारको अन्तिम दिन रहेकाले दलका नेताहरुको दौडधुप सर्वाधिक बढेको छ । दलका शीर्ष नेताहरुले यसबीचमा पूर्वदेखि पश्चिमसँगका चुनावी सभालाई सम्वोधन गरेका छन् । चुनावी प्रचारका लागि सर्वाधिक सभामा पुग्नेमा एमाले अध्यक्ष केपी शर्मा ओली छन् । चैतबाट सुरु भएको उनको प्रचार सभा मंगलबारबाट सकिँदैछ । छोटो अवधिका सर्वाधिक सभामा सरिक हुनेमा भने कांग्रेस महामन्त्री गगन थापा छन् । सत्ता गठबन्धन तालमेल गर्नेरनगर्ने वा कहाँ कसलाई भागवण्डामा गर्ने भनेर अल्झिरहँदा एमाले अध्यक्ष ओलीले काठमाडौं बाहिरका १५ सभा सकिसकेका थिए । चैत महिनामा ओलीले केन्द्रीय राजधानी बाहिरका सभालाई प्रमुख प्राथमिकतामा राखेका थिए ।

नेपाली कांग्रेसले बैशाख २० मा मात्रै चुनावी सभाका लागि केन्द्रीय नेता तोकेको थियो । कांग्रेसले तय गरेको पूर्व निर्धारित सभा अनुसार डडेलधुराबाट चुनावी प्रचार अभियान सकिने छ । वैशाख २१ देखि मंगलबारसम्म तय गरिएका सभामा सभापति शेरबहादुर देउवा सहित केन्द्रीय तहका शीर्ष नेताहरु वक्ता बनाइएको थियो । केन्द्रीय वक्ता चयन गरिएका स्थानमा देउवा र नेता रामचन्द्र पौडेललाई धेरै स्थानमा छुटाइएको छैन । विराटनगर, भरतपुर, काठमाडौं, बुटवल, दमौली, जनकपुर, पोखरा, तुलसीपुर, धनगढी र डडेलधुरा केन्द्रीय तहबाट निश्चित गरिएका सभाहरु थिए । सभापति देउवा पार्टी केन्द्रले तय गरेका सबै सभामा पुगेका छन् । डडेलधुरामा मंगलबार तय गरिएको सभामा भने रामचन्द्र पौडेल सहभागी नहुने भएका छन् ।

देउवाले सदरमुकाम अमरगढी र परशुराम नगरपालिकामा आयोजित सभामा सम्बोधन गर्ने कार्यक्रम छ । उनी मतदान गरेपछि मात्रै काठमाडौं फर्कने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । ललितपुर महानगर समितिले गर्ने सभामा पौडेल मंगलबार सहभागी हुने भएका छन् । केन्द्रीय चुनाव प्रचार परिचालन समितिले बनाएको सूचीमा रहेका कांग्रेस महामन्त्री गगन थापालाई काठमाडौंको सभाका लागि वक्ता बनाइएको थियो । वैशाख २३ मा काठमाडौंमा सत्ता गठबन्धनले गरेको चुनावी सभामा गगन उपस्थित भएनन् ।

पार्टी केन्द्रले वक्ताको रुपमा आफ्नो नाम राख्नु अघि नै जिल्लाका सभामा जाने निश्चित गरिएकाले वैशाख २३ मा काठमाडौंको सभामा उपस्थित हुन नसकेको महामन्त्री थापाले बताए । वैशाख २३ बाट जिल्ला दौडाहामा निस्केका थापाले एकै दिन सात वटा सभालाई सम्बोधन गरेका छन् । उक्त दिन वैशाख २३० मा रौतहटको चन्द्रपुर, गरुडा, कटहरिया, राजदेवी, ईशनाथ लगायतका क्षेत्रको चुनावी प्रचारमा थापा पुगेका थिए । गत शनिबार थापा भोजपुर र रामेछापका सभामा सहभागी भए । रामेछापको मन्थली नगरपालिका र सुनापाति गाउँपालिकामा भएको सभामा पनि सोही दिन सहभागी भएका थिए । गत आइतबार थापा मधेस प्रदेशका जिल्ला तीन जिल्ला पुगे ।

बारा, महोत्तरी र रौतहटमा स्थानीय कार्यसमितिले आयोजना गरेको सभालाई सम्बोधन गरे । सोमबार उदयपुर र मोरङका कार्यक्रममा भएका उनले मंगलबार काठमाडौं उपत्यकाका जिल्लाहरुमा हुने प्रचार सभालाई सम्बोधन गर्ने भएका छन् । ‘काठमाडौंमा ६÷७ वटा चुनावी कार्यक्रम छ । आइतबार मधेसमा ७ वटा भ्याएर आएको हो । बढीमा एक दिनमा ७ स्थानका चुनावी सभा सहभागी भएँ । थापाले अनलाइनखबरसँग भने, ‘म गएको ठाउँमा साथीहरु उत्साहित छन् । एउटामा पुग्दा एउटासँग प्रतिस्पर्धा हुन्छ । अर्कोेमा पुग्दा अर्कै दलसँग प्रतिस्पर्धा हुने देखिन्छ