Breaking

सोलुदुधकुण्ड नगरपालिकामा बृहत आमसभा, काङ्ग्रेसका प्रदेश सदस्य सहित १३२ जना एमालेमा प्रबेश


काठमाडौँ — सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लामा एमालेले बृहत चुनाबी आमसभा सम्पन्न भएको छ । २०७४ सालको निर्वाचनमा चुनाब बहिष्कार गरेको तिङ्लामा भने यस पटक बिशाल आमसभा गरेका छन् । उक्त आमसभामा नेपाली काङ्ग्रेस प्रदेश सभा “क” को प्रदेश प्रतिनिधि शर्मिला बस्नेत सहित १३२ जना एमाले प्रबेश गरेका छन् । जनप्रतिनिधि बिहिन वडामा आफ्नो पकड जमाउन एमालेको आमसभा केन्द्रीत रहेको थियो ।

जसमा सयौले एमालेमा प्रबेश गरेपछि एमालेले आफ्नो जितको सुनिश्चित रहेको बताएको छ । नवप्रबेशी नेता कार्यकर्तालाई एमालेका प्रदेश “ख” का प्रमुख सचेतक तथा प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारी, नगरप्रमुखका उम्मेद्वार आङकाजी शेर्पा, उपप्रमुखकी उम्मेद्वार मोहन कुमारी कार्की लगायतले स्वागत गरेका हुन । उपप्रमुख पदकी उम्मेद्वार कार्की तिङ्लाकै स्थानिय भएकाले पनि तिङ्लालीले एमालेलाई जिताउने नेकपा एमालेको दाबी छ ।

तिङ्लाको नेतृत्वका लागि एमालेले मान बहादुर कार्कीलाई अगाडी सारेको छ । त्यस्तू्ै सोलुदुधकुण्ड नगरपालिकाका मेयर पदका उम्मेदवार आङकाजी शेर्पाले मतदातालाई भोट खेर नफाल्न आग्रह गरेका छन । नगरपालिकामा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै शेर्पाले यसपाली एमालेले जित्ने दाबी गरेका छन् । अन्य दलका चिन्हमा भोट खेर नफाल्न र सूर्य चिन्हमा ढुक्क मतदान गर्न आग्रह गरेका हुन । बिगतको दिनमा नेपाली कांग्रेसले शासन गर्दा भ्रष्टचार र बेथिति मौलाएको भन्दै शेर्पाले अब भने नगरपालिकामा सूर्य उदाउने जिकिर गरे ।