Breaking

प्रचारप्रसारको समय घर्किएपछिउम्मेदवारहरुको दौडधुप, एकले अर्कालाई पछार्ने दाउ


काठमाडौँ — आसन्न स्थानीयतहनिर्वाचनको दिननजिकिएसँगै दलहरु बीचअझबढि रस्साकसी सुरु भएको छ । मंगलबार बाटमौनअवधि सुरुहुने भएकाले उम्मेदवारहरुको दौडधुपतिव्र छ । काठमाण्डौ महानगरपालिकासहितललितपुर, भरतपुर र पोखरामाकस्ले बाजीमार्ला भन्ने सबैको लागिचासोको विषयबनेको छ । काठमाण्डौ महानगरपालिकामायति बेलाएमाले र कांग्रेसका हेविवेट उम्मेदवारकाबीच स्वतन्तउम्मेदवारको चर्चाबढिछ ।

धेरै जनसंख्या र ठूलो बजेटले मात्र हैन राजधानीकाठमाडौं महानगरपालिकामाहुने जितले देशभर राजनीतिक सन्देश प्रवाहगर्ने भएकाले पनिहोलायहाँको नेत्तृत्वहत्याउनदल र स्वतन्त्रउम्मेदवार टाउकोले टेकेर लागेकाछन् । काठमाण्डौ महानगरमाएमालेले केशव स्थापित, पाँचदलिय सत्तागठवन्धनले सिर्जना सिंह, राप्रपाले मदन दास श्रेष्ठलाई मेयरमाउठाएको छ । स्वतन्त्रबाटबालेन साहलेउम्मेदवारी दिएकाछन् । तर सबैको लागियति बेलाबालेनटाउको दुखाई बनेकाछन् ।सामाजिक सञ्जाल र मिडियामाबाक्लै देखिएकाबालेनलाई युवापंक्तिले खुलेर सहयोग गरेकाछन् ।

बालेनले महानगरको नेतृत्वहत्याउने भन्दापनिउनले काट्ने भोटलेकुनपक्षको पल्लाभारी हुने भन्ने अर्थ राख्ने संकेत देखिएको छ । उनले एमालेको भोट काटे गठवन्धनले र गठवन्धको भोट काटे एमालले चुवावजित्ने करिव निश्चित छ । त्रिपक्षिय रुपमाहुने काठमाण्डौ महानगरको भिडन्तमालगभगबालेन निर्णायक देखिएकाछन् । धेरैले स्वतन्त्रउम्मेदवार बालेनले जित्ने भन्दापनिभोट काट्ने हतियारको रुपमा अर्थ लाएकाछन् । केशव स्थापित र सिर्जना ंिसंहको विषयमाभने गुठि समुदाय र नेवार समुदायको मतकुनपक्षमाखस्छत्यहीनिर्णायकहुन सक्ने अनुमान छ ।

काठमाण्डौ महानगरपछिनजिकबाट हेरिएको ललितपुरमहनगरपालकापनि सबैको लागिचासोको विषयबनेको छ । अझबढि रोचकत २०७४ सालको स्थानीयतहनिर्वाचनमालडेकाचिरीबाबु महर्जन र हरिकृष्णव्यञ्जनकार पुरानै खेलाडीबीच फेरि भिडन्तहुदैछ । कांग्रेसले चिरीबाबुलाई र एमालले हरिकृष्णलाईनै चुनाबी मैदानमाउतारेको छ । ७४ सालको निर्वाचनमामात्र ३२६ मतले हारेका हरिकृष्णले पासापल्टाउनलान् या फेरि चिरीबाबुले दोहोर्याउलान् त्यो भने वैशाख ३० गते बाकसमा खसेको मतले टुङगो लगाउने छ तर फेरि पनिचिरीबाबुले दोहोर्याउने छनक देखिएको छ ।

विगतमाएक्लाएक्लै लड्दा पनि हरिकृष्णलाई पराजित गरेकाचिरीबाबु अहिले पाँचदलिएगठवन्धको द्रविलो उम्मेदवारको रुपमा मैदानमाछन् । हरिकृष्णलाइएक्लै हराउने आँट गरेकाचिरीबाबुकालागिगठवन्धकाअन्यदलपनि सहयोगिभएकाले अझ सहजहुने अनुमानगरिएको छ । बेला बेलाविवाद र चर्चामाआइरहने चितवनमाकस्को पल्लाभारी होलाभन्ने धेरैलाई चासो छ । भरतपुर महानगरपालिकाको मेयरमायतिबेला सत्तागठवन्धको तर्फबाटप्रचण्डपुत्री रेणु दहाल, एमालेकातर्फबाटविजय सुवेदी र कांग्रेसकाबागीउम्मेदवार जगनाथपौडेल बीचत्रिपक्षीयभिडन्तहुने देखिएको छ ।

सत्तागठवन्धनकालागिबाधकबनेकाबागीउम्मेदवार पौडेल रेणुको लागि केहि खतरा हुन सक्ने आंकलनगरिएको छ । यद्यपी बैशाख २२ माचितवनको आस सभा सम्बोधनगर्न पुगेकाकांग्रेससभापति शेरवहादुर देउवाले केहि व्यक्तिको कान फुकेपछिपौडेलको पक्षमा रहेकाहरु गठवन्धनमामिल्नआएको बुझिएको छ ।त्यसले गर्दा पनि रेणुको पल्लाभारी हुने लगभगनिश्चित छ ।

उतापोखरा महानगरपालिकामापनिठूलै रस्साकसी देखिएको छ । नेकपाएमालले कृष्णबहादुर थापालाई मेयरको उम्मेदवार बनाएकोछ । यसअघिप्रदेश सांसद समेत रहेकाथापा सुनकाण्डमामुछिएकादिपकपौडेलको टिकटखोसिएपछि मेयरकाउम्मेदवार भएकाहुन् । पोखरा महानगरपालिका सत्तागठवन्धको तर्फबाट नेकपाएकिकृत समाजवादीको भागमा परेको छ । गठवन्धनले समाजवादीको तर्फबाटधनराजआचार्यलाई मैदानमाउतारेको छ ।समाजवादीले एमाले भित्रको असन्तुष्टिलाई सम्वोधनगर्न सके आर्चायलाई फाइदाहुने देखिएको छ ।

अन्ततमौन अवधि सुरुभएछिनेताकार्यकर्ता झोलाविसाउने भन्दापनिवढि सलवाउनथाल्ने भएकाले बाँकीतीनको समय अझमहत्वपूर्ण हुने देखिएको छ । मौन अवधिमादलका नेतातथाकार्यकर्ता आफ्नो उम्मेदवारलाई जिताउन सामदामदण्ड भेद प्रयोग गरेरै लाग्ने गर्छन् जसकाकारणकुनै बेलाअनपेक्षितपरिणामआउने गरेको छ ।