Breaking

सोलु नगरपालिकामा सूर्यले जित्ने हो हसिया हथौडा र रुखमा भोट खेर नफल्नुहोसः आङकाजी शेर्पा


काठमाडौँ — सोलुदुधकुण्ड नगरपालिकाको मेयर पदका उम्मेदवार आङकाजी शेर्पाले मतदातालाई भोट खेर नफाल्न आग्रह गरेका छन । नगरपालिकामा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै शेर्पाले यसपाली एमालेले जित्ने दाबी गरेका छन् । अन्य दलका चिन्हमा भोट खेर नफाल्न र सूर्य चिन्हमा ढुक्क मतदान गर्न आग्रह गरेका हुन । बिगतको दिनमा नेपाली कांग्रेसले शासन गर्दा भ्रष्टचार र बेथिति मौलाएको भन्दै शेर्पाले अब भने नगरपालिकामा सूर्य उदाउने जिकिर गरे ।

उदायको उक्त सुर्यको उज्यालोमा सबैको कर्तुत देखिने पनि उनले बताएका हुन । नगरबसीले देखेको समृद्ध नगर निर्माणको सपनामा ५ वर्षसम्म तुसारापात भएको उनको भनाई छ । त्यसैले रुख र हसिया हथौडामा मतदान गरेरअर्को ५ वर्ष खेर नफाल्न शेर्पाले आग्रह गरे ।