देश

गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने उद्योग विरुद्ध मुद्दा दायर


काठमाडौँ — चालू आर्थिक वर्ष २०७८र७९ को ९ महिनामा ६४ वटा उद्योग विरुद्ध मुद्दा दायर भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने ती उद्योगविरुद्ध मुद्दा दायर गरेको हो । विभागले दालमोठ, मिट मसला, मिक्स मसला, पाउरोटी, दही, दाना उत्पादन गर्ने उद्योगविरुद्ध मुद्दा दायर गरेको हो । देशभरका विभिन्न जिल्लामा रहेको उद्योगविरुद्ध ९ महिना अवधिमा मुद्दा दायर भएको विभागले जानकारी दिएको छ । कारबाहीको सिफारिसमा पर्नेमा पानी उद्योग, सोया सस, नुडल्स, चिया, मसुरोको दाल, प्रशोधित दूध र घिउ उत्पादन गर्ने उद्योगविरुद्ध समेत मुद्दा दायर भएको छ । यी उद्योगबाट उत्पादित उपभोग्य वस्तु दूषित भएको तथा लेबल नमिलेको र कम परिमाण तथा गुणस्तरहीन पाइएकाले मुद्दा दायर गरिएको छ ।