देश

देउवा नै तानाशाही भएको ओलीको टिप्पणी


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कसैले पराजित गर्न नसक्ने दाबी गरेका छन् । आज सोमबार ललितपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ५ दलीय गठबन्धनमा अरू पार्टी थपिए पनि एमालेलाई केही फरक नपर्ने र पराजित गर्न नसक्ने बताएका हुन् । उनले काँग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई अलोकतान्त्रिक र तानाशाही भनेर भनेको भन्दै हिजो आफ्नै कार्यकर्ताले रुखमा भोट हाल्न पाउँभन्दा पार्टीबाट निष्कासन गर्ने देउवा नै तानाशाही भएको टिप्पणी गरे । उनले ५० वर्ष काम गरेका कार्यकर्तालाई शेरबहादुरले पार्टीबाट निष्कासन गरेको भन्दै काँग्रेसका कार्यकर्ता धेरै सहनशील भएको बताए ।