Breaking

निर्मला पन्तको बलात्कारपछि हत्या विषयमा छानबिन गर्न नदिने पनि काँग्रेस नै हो : अध्यक्ष ओली


काठमाडौँ— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले नै महिलाको अस्थित्वको रक्षा गरेको बताए । उनले नेपाली काँग्रेसले १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा अध्ययन तथा छानबिन गर्न नेपाली काँग्रेसले गर्न नदिएको बताए । अध्यक्ष ओलीले भने, ‘मी टू के केही जवाफ हुन्छ, चुनाव आयो कि मिटू । म एउटा कुरा के भन्छु भने महिला अस्मिता, अधिकारको सम्बन्धमा, सुरक्षाको सम्बन्धमा नेकपा एमाले जति सजग अरु कोही पनि छैन ।

निर्मला पन्तको बलात्कार र बलात्कारपछि हत्याकाण्ड भयो । त्यसको छानबिन गर्न नदिएर त्यसबेला प्रमुख प्रतिपक्षमा रहेको नेपाली काँग्रेसले छानबिन गर्न नदिने अगुवाइ ग¥यो । उता सडकमा छानबिन होस् भन्ने भित्र छानबिन गर्न नदिने । नेपाली काँग्रेसको सरकार छ, गृहमन्त्रालय सम्हालेको छ, काँग्रेसकै गृहमन्त्री हुनुहुन्छ । ९र १० महिना कानमा तेल हालेर बस्नुभयो । आज के गर्दै हुनुहुन्छ रु छानबिन गर्नुस् न अहिले । किन गर्नुहुन्न । अहिले हामी छानबिन गर्न दिन्छौ । त्यतिबेला दिएको थिएन ।