.काठमाडौँ — मतदान केन्द्रमै बिरामी परेका म्यादी प्रहरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । गोरखाको विकट चुमनुब्री गाउँपालिका ३ को पाङसिङ आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएका ५१ वर्षीय म्यादी प्रहरी बेलबहादुर घलेलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौ लगिएको हो । धार्चे गाउँपालिका ३ खोर्लाबेसी घर भएका घले आज सोमवार बिहानदेखि अस्वस्थ हुनुभएको थियो ।
नजिकैकौ सिर्दिवास स्वास्थ्य चौकीमा उपचारका लागि पुग्नुभएका उहाँको भिडियो कन्फ्रेन्समार्फत काठमाण्डौमा रहेका चिकित्सकहरूले स्वास्थ्य जाँच गरेका थिए । त्यस क्रममा आन्द्रामा समस्या देखिएपछि गृह मन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकप्टरबाट घलेलाई काठमाण्डौ लगिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत काजीमान सुनारले बताउनुभयो ।


प्रतिक्रिया