Breaking

एमालेले चुनाव जित्यो भने ओलीले फेरि पनि संसदमाथि आक्रमण गर्छ: देउवा


काठमाडौँ — प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेले चुनाव जित्यो भने केपी शर्मा ओलीले फेरि पनि संसदमाथि आक्रमण गर्ने दाबी गरेका छन् । ओली प्रधानमन्त्री हुँदा दुई पटक प्रतिनिधि सभा विघटन गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले एमालेले जित्यो भने संसद, प्रदेश र स्थानीय तह नै भंग गर्न सक्ने बताए ।

आज धनगढीमा गरेको चुनावी सभामा बोल्दै देउवाले भने, ‘ओलीले दुई पटक संसद भंग गरे । हामीले अदालतबाट फिर्ता ल्यायौं । तर पनि एमालेले चल्न दिएको छैन । एमालेलाई जिताएर के गर्ने संसद भंग गर्छन् । उनले आफूहरूले संसदलाई पुरै कार्यकाल चलाउने बताएका थिए । एमालेलाई जितायो भने संसद भंग गर्ने देउवाको भनाइ थियो ।