देश

नोपाली काँग्रेसको नीति २–४ जनालाई मलेसिया पठाइदिने रहेछ: अध्यक्ष ओली


काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसको नीति २–४ जनालाई मलेसिया पठाइदिने रहेछ भन्दै कटाक्ष गरेका छन् । केही दिनअघि काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले २–४ जनालाई सित्तैमा मलेसिया पठाइदिन सकिन्छ भन्ने अभिव्यक्ति दिएपछि ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

पोखरामा सोमबार आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उनले भने, ‘काँग्रेसको नीति मलेसिया पठाइदिने रहेछ । भित्रभित्रै आफ्नै मेनपावर पनि होला’, उनले कटाक्ष गरे, ‘मलेसिया सलेसिया होइन, हामी देशभित्रै रोजगारी र तालिम दिन्छौँ । रोजगारी दिने मात्रै होइन उद्यमी र व्यवसायीकरणमा पनि जोड दिन्छौँ ।