देश

मैले शास्त्रका कुरा गर्छु, उनीहरु उखान टुक्का भन्छन्: ओली


काठमाडौँ — पोखरामा भएको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले शास्त्रका कुरा गर्दा उखान टुक्का भनेर उडाएको गुनासो गरे ।

‘एमालेलाई सिध्याउन धेरै प्रयास भए, बदनाम गर्न खोजियो, बंग्याएर प्रस्तुत गर्न खोजियो,’ उनले भने, ‘मैले बोलेको बुझ्ने थोरै मात्र बुद्धिजीवी छन् कि क्याहो भन्ने भयो । मैले शास्त्रका कुरा गर्छु, उनीहरु उखान टुक्का भन्छन् ।’ उखान टुक्का आफूले नभई कांग्रेसका नेताहरुले प्रयोग गर्ने उनको भनाइ थियो ।