Breaking

पोखरा पुगेर ओलीले गरे भावनात्मक कुरा


काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरासँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताएका छन् । सोमबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पोखरामा आफू तीन वर्ष जेल बसेको उल्लेख गर्दा सो क्रममा आफूलाई पोखराले धेरै सहयोग गरेको बताए । म पोखरामा तीन वर्ष बसेको छु । पोखरा मलाई आफ्नै ठाउँ जस्तो लाग्छ’ उनले भने, ‘कास्कीको अध्ययन गर्ने अवसर पाएको छु । ताल तलैयाको जानकारी छ ।

म जेलमा बस्दा पनि यहाँको जेठो बुढोसँग परिचित छु । पहिलो फर्सी, घिँरौला फल्यो भने पनि मलाई पुर्याउन ल्याउनुहुन्थ्यो ।’ उनले आफू पोखराका अभिभावकप्रति वास्तवकै कृतज्ञ रहेको उल्लेख गर्दै यो ठाउँमा फेरि भेट्न पाउँदा खुसी भएको बताए । उनले जेल बस्दा आफूलाई सहयोग गर्ने ४ जना विशेष आमाहरूलाई स्मरण गर्दै उनले आफू पोखरासँग ऋणी नै भएको बताए । म जेलमा बस्दा ४ वटी स्पेशल आमाहरुले भेट्नुहुन्थ्यो र सहयोग पुर्याउनुहुन्थ्यो । मैले ३ वर्षको हुँदा आमा गुमाए । मैले स्पेशल आमा पाएँ । म पोखराप्रति ऋणी छु’, ओलीले भने