राजनीति

मेयरले पाउने सेवा सविधा प्रत्येक महिना फरक क्षेत्रमा लगाउँछु: मेयरका उम्मेदवार महर्जन


काठमाडौँ – तारकेश्वर नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार बनेका कृष्णहरी महर्जनले आफू मेयर बने आफूले हरेक महिना सुविधावापत पाउने रकम हरेक महिना फरक फरक क्षेत्रका दिने घोषणा गरेका छन ।

महर्जनका अनुसार उनले पाउने सुविधा प्रत्येक महिना फरक क्षेत्र र समुदायले आफै बुझ्ने व्यवस्था मिलाउने जनाएको छ । थप प्रष्ट पार्दै महजर्न भन्छन– जेष्ठ नागरिक,खेलकूद,वालवालिका,किसान,गुठी तथा जात्रा र सामाजिक संघसंस्थालाई पालैपालो उपलब्ध गराउछुँ ।

यतिवेला चुनावी घरदैलो रहेका महजर्नले विगतमा जनताले भोगेका समस्या अवको दिनमा भोग्न नपर्ने अवस्था सिर्जना गर्ने समेत बताए । तारकेश्वर नगरपालिकाको मुहार फेर्ने प्रतिवद्धता जनाएका महर्जनले मतदातासंग स्थानीयको सरकार स्थानीयकै भएको महसुस हुने गरी आफूले काम गर्ने महर्जनको भनाई छ ।

आफ्नो राजनीतिक यात्रा लामो रहेको बताँउदै मतदाताले अवसर दिए यहाँको आवश्यकता पुरा गर्न सक्षम रहेको महर्जनको दावी छ ।