देश

धम्की होइन, सचेत गराउनुभएको हो: रेनु दाहाल


काठमाडौँ — नेकपा माओवादी केन्द्रकी नेता एवं भरतपुर महानगरपालिका प्रमुखकी उम्मेदवार रेनु दाहालले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदातालाई धम्की नदिएको प्रष्टीकरण दिएकी छन् । आइतबार घरदैलोका क्रममा प्रचण्डको अभिव्यक्तिबारे सोधिएको प्रश्नमा उनले भनिन्, ‘उहाँले त्यसरी भन्न खोज्नु भएको होइन । त्यसलाई गतल अर्थ लगाइयो ।

त्यसलाई अलि अपव्याख्या गरियो । उहाँले एकदम सकरात्मक सोचका साथ भन्न खोज्नु भएको हो ।’ २२ वैशाखमा चितवनको भरतपुरमा सत्ता गठबन्धनले गरेको संयुक्त आमसभामा प्रचण्डले रेनु दाहालको टिमलाई नजिताए देश गम्भीर दुर्घटनामा पर्ने अभिव्यक्ति दिएका थिए । कतिपयले मतदातालाई धम्की दिएको भन्दै यसको आलोचना गरिरहेका छन् ।