Breaking

निर्वाचन नजिकिएसँगै दलहरु चुनावी सभामा व्यस्त, एकैदिन दुईभन्दा बढी आमसभामा शीर्ष नेताको सम्बोधन


काठमाडौँ — स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा दल तथा उम्मेद्वारहरुले चुनावी सभालाई तिव्रता दिएका छन । शिर्ष नेताहरु आफ्ना उम्मेद्वारको जित सुनिश्चितता गर्न दौडधुप बढाएका छन् । यहिबीचमा सत्तागठबन्धनले पनि मुख्य मुख्य स्थानमा चुनावी सभा गर्दै माहोला आफ्नो पक्षमा पार्न लागि परको छ भने ओली गठबन्धनलाई पछ्याउदै छन् ।

बैशाख ३० गते देशभरका ७५३ वटै स्थानीय तहमा एकै साथ निर्वाचन हुँदैछ । निर्वाचनले पाँचवर्षे अवधिका लागि ३५ हजार २ सय २१ जनप्रतिनि चयन गर्दैछ । जसका लागि यति बेला १ लाख ३६ हजार २६९ जना चुनाबी दौडमा छन् ।