Breaking

पोखरामा आज एमालेको चुनावी सभा


काठमाडौँ — नेकपा एमालेले आज पोखरामा चुनावी सभा गर्दैछ । गठबन्धनले कार्यक्रम गरेको अमरसिंह चौरमै आज एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गर्नेछन् । एमालेले ३० वैशाखमा हुने स्थानीय निर्वाचन केन्द्रित सभा गर्न लागिएको हो ।

सभाको तयारी पूरा भएको महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए । पोखरामा गठबन्धनको साझा उम्मेदवार छन् भने एमालेका छुट्टै उम्मेदवार छन् ।